बालेनकाे अर्काे एक्सन : शिक्षा शाखा प्रमुखलाई पनि साेधे स्पष्टीकरण-Sutra News

बालेनकाे अर्काे एक्सन : शिक्षा शाखा प्रमुखलाई पनि साेधे स्पष्टीकरण

आइतबार, १४ माघ २०८०

आइतबार, १४ माघ २०८०

काठमाडाैं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन)साहले महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालालाई स्पष्टीकरण सोधेका छन् । नगर शिक्षा समितिको निर्णयबिनै मध्यबानेश्वरस्थित रत्नराज्य स्कूललाई विज्ञान संकायतर्फ कक्षा ११ सञ्चालन गर्न अनुमति दिएको पाइएपछि स्पष्टीकरण सोधेका हुन् ।



महानगर प्रमुख बालेनका स्वकीय सचिव भूपदेव साहका अनुसार गत शुक्रवार कोइरालालाई स्पष्टीकरण सोधिएको हो ।

‘वडा नम्बर १० स्थित रत्नराज्य स्कुललाई विज्ञान संकाय संचालन गर्न कोइरालाले स्वयं अनुमति दिएको भेटिएको छ’, शाहले भनेका छन्, ‘अनुमति दिने अधिकार नगर शिक्षा समितिलाई हुन्छ जसको अध्यक्ष मेयर हुने व्यवस्था छ। तर उनले आफ्‍नो अधिकार नभएको क्षेत्रमा पनि अनुमति दिएको भेटिएको छ।’

उनका अनुसार कोइरालालाई सफाइ पेस गर्न ७ दिनको म्याद दिइएकाे छ । कोइरालालाई एक साता बिदामा बस्न पनि निर्देशन दिएको शाहले बताए।

यसअघि बालेनले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउनुका साथै केही कर्मचारीलाई निलम्बन गरेका थिए । नगरसभाकाे निर्णयविपरित एक कर्मचारीकी छोरीलाई करारमा नियुक्ति दिन खाेजेपछि बालेनले एक्सन लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट