भारतमा मन्दिर भत्किँदा महिलाको मृत्यु, १७ जना घाइते-Sutra News

भारतमा मन्दिर भत्किँदा महिलाको मृत्यु, १७ जना घाइते

आइतबार, १४ माघ २०८०

आइतबार, १४ माघ २०८०

काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा भक्तजनका लागि बनाइएको मञ्च भत्किँदा एक महिलाको मृत्यु भएको छ । घटनामा १७ जना घाइते भएका छन् ।



“आइतबार बिहानै हामीलाई कालकाजी मन्दिरको एउटा स्टेज भत्किएको खबर आयो, तत्काल उद्धार टोली घटनास्थलमा पुगेको छ,” स्थानीय प्रहरी अधिकारीले भने ।

घाइतेलाई विभिन्न अस्पतालमा भर्ना गरिएको र उनीहरूको अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ । घटनापछि कार्यक्रम स्थलमा भागदौड मच्चिएको थियो । मानिसहरू भागेर आत्तिएर चिच्याइरहेका देखिन्थे ।

प्रहरी अधिकारीलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले मन्दिरमा बिना अनुमति धार्मिक कार्यक्रम आयोजना गरिएको जनाएका छन् । कार्यक्रममा महिला र बालबालिकासहित एक हजार ६०० भन्दा बढीको सहभागिता रहेको थियो ।

भिडिओमा घटना स्थल खचाखच भरिएको देख्न सकिन्छ । प्रारम्भिक अनुसन्धान अनुसार मान्छेको वजन धान्न नसकेर मन्दिरको अगाडि बनाइएको स्टेज भत्किएको थियो ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ती महिलाको निधनप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले यस्ता ठूला कार्यक्रम आयोजना गर्दा सुरक्षा नियम पालना गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट