साढे सात लाख रुपैयाँको अवैध सामान बरामद-Sutra News

साढे सात लाख रुपैयाँको अवैध सामान बरामद

सोमबार, १५ माघ २०८०

सोमबार, १५ माघ २०८०

काठमाडौं । भारतबाट अवैध भन्सार छली गरेर ल्याउँदै गरेको सात लाख ५७ हजार बराबरको खाद्यान्न, लत्ता कपडा, हार्डवेयरका सामान बरामद भएको छ ।



भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याएको किराना सामान, प्याज, खुर्सानी, कपडा र हार्डवेयरका सामान आइतबार धनुषा प्रहरीले बरामद गरेको हो ।

सामान ओसारपसारमा प्रयोग गरिएका तीन मोटरसाइकलसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवालेले जानकारी दिए ।

बरामद गरिएको सामान र मोटरसाइकल भन्सार कार्यालय जनकपुरलाई बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट