सुनको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?-Sutra News

सुनको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सोमबार, १५ माघ २०८०

सोमबार, १५ माघ २०८०

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा तीन सय रूपैयाँले बढेको हो ।



जसअनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १८ हजार तीन सय रुपैयाँ कायम भएको छ । यस्तै, तेजावी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ७५० रुपैयाँ पुगेको छ ।

चाँदीको मूल्य प्रतितोला १४ सय ५ रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट