कृषि समितिको बैठकमा मन्त्री र सांसदबीच भनाभन, आरजुले गरिन हस्तक्षेप-Sutra News

कृषि समितिको बैठकमा मन्त्री र सांसदबीच भनाभन, आरजुले गरिन हस्तक्षेप

सोमबार, १५ माघ २०८०

सोमबार, १५ माघ २०८०
फाइल तस्बिर

काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा मन्त्री र नेकपा एमालेका सांसदबीच भनाभन भएको छ । समितिले बिहान ११ बजे संशोधनकर्ता सांसदलाई बोलाएको थियो । छलफलमा उद्योगमन्त्री रमेश रिजालसमेत सहभागी थिए ।



संशोधनकर्ताका तर्फबाट एमालेकी विद्या भट्टराईको पालो आउँदा मन्त्री रिजालले एमालेका तर्फबाट एक जना बोले हुने बताएका थिए । भट्टराईलाई पालो दिँदा गोकुल बाँस्कोटाले पालो मिचिएको भन्दै गुनासो गरे । पछि मन्त्री रिजालले एउटै पार्टी हो, जो बोले पनि भइहाल्यो भन्दै प्रतिक्रिया दिए ।

मन्त्रीको कुरापछि बाँस्कोटाले समितिमा सभापतिको रुलिङ चल्छ कि मन्त्रीको ? तपाईंहरू गठबन्धनमा हुनुहुन्छ, एक जना बोले भइहाल्यो नि त, मन्त्री मात्रै बोले हुन्छ, किन संशोधन राख्नु पर्‍यो भनेर झर्किए ।

त्यसपछि समिति सभापति डा. आरजु राणा देउवाले हस्तक्षेप गरी स्थितिलाई नियन्त्रणमा लिइन् । उनले भट्टराईलाई समय दिएपछि छलफल अगाडि बढ्यो । त्यसपछि छलफल अघि बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट