आधा तोला सुनका लागि वृद्धाको हत्या, आरोपित युवकसहित तीन जना पक्राउ-Sutra News

आधा तोला सुनका लागि वृद्धाको हत्या, आरोपित युवकसहित तीन जना पक्राउ

सोमबार, १५ माघ २०८०

सोमबार, १५ माघ २०८०

काठमाडौं । संखुवासभामा कानमा लगाएको सुनको रिङ लुट्न वृद्धाको हत्या भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय खाँदबारीले वृद्धाको हत्या आरोपमा धरान जिरोप्वाइन्टका ३० वर्षीय दिपेन भन्ने आकाश राईलाई सार्वजनिक गरेको हो ।



खाँदबारी नगरपालिका ९ तुम्लिङटारमा माघ ६ गते स्थानीय ६२ वर्षीया दिलकुमारी घिमिरेको हत्या भएको थियो । पक्राउ परेका राई सोही दिन तुम्लिङटारदेखि भागेको प्रहरीले जनाएको छ ।

राई श्रीमतीसहित तुम्लिङटारमा कोठा भाडामा बस्दै आएका थिए । घटना शंकास्पद भएपछि कोशी प्रदेश प्रहरीबाट तालिम प्राप्त कुकुरको सहयोगमा घटनाको अनुसन्धान गरिएको थियो ।

राईले वृद्धाको हत्या गरी उनको साथमा रहेको आधा तोलाको सुनको रिङ लुटेका थिए । उक्त रिङ राईले धनकुटा पाख्रीबास नगरपालिका ४ बुद्धचौकमा रूपकला ज्वलर्समा ४७ हजार रुपैयाँ बेचेको प्रहरीले जनाएको छ।

सोही गहना विवेक ज्वेलरीले पुनः ५८ हजारमा किनेको अनुसन्धानबाट खुलेको छ । राईविरुद्ध कर्तव्य ज्यान र चोकी डाँकासम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट