नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोल्ने महिला पक्राउ-Sutra News

नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोल्ने महिला पक्राउ

सोमबार, १५ माघ २०८०

सोमबार, १५ माघ २०८०

काठमाडौं । अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा एक जना पक्राउ परेका छन् ।



पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका २ घर भई काठमाडौं महानगर २० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

खड्काले अर्काको नागरिकता दुरुपयोग गरी बैंकको केवाइसी विवरणमा आफ्नो फोटो टाँसेर खाता खोली अन्यलाई चेक दिइ दुरुपयोग गरेको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीउपर बैंकिङ कसुर सजाय ऐन, २०६४ बमोजिम प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट