रेष्टुरेण्टमा आगलागी हुँदा चार जनाको मृत्यु, चार घाइते-Sutra News

रेष्टुरेण्टमा आगलागी हुँदा चार जनाको मृत्यु, चार घाइते

सोमबार, १५ माघ २०८०

सोमबार, १५ माघ २०८०

काठमाडौं । उत्तरी चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको राजधानी होहोटस्थित एक रेष्टुरेण्टमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । घटनामा चार जना घाइते भएको स्थानीय अधिकारीले बताएका छन् ।



प्रारम्भिक अनुसन्धानले आगलागीबाट सजावट र फर्निचरका सामान डढेको देखाएको छ । स्थानीय अग्नी उद्धार टोली घटना स्थलमा पुगी आगो नियन्त्रणमा लिएको थियो ।

घाइतेहरूको उपचार भइरहेको छ भने आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट