राष्ट्रपति पदका लागि भ्लादिमर पुटिन उम्मेदवारी दर्ता-Sutra News

राष्ट्रपति पदका लागि भ्लादिमर पुटिन उम्मेदवारी दर्ता

सोमबार, १५ माघ २०८०

सोमबार, १५ माघ २०८०

काठमाडौं । रुसले सोमबार औपचारिक रूपमा भ्लादिमिर पुटिनलाई मार्चमा हुने राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारका रूपमा मान्यता दिएको छ । निर्वाचनमा उनको जित करिब निश्चित छ ।



यस शताब्दीको सुरुदेखि रुसको नेतृत्व गर्दै आएका ७१ वर्षीय पुटिनले चार वटा राष्ट्रपतीय निर्वाचन जितिसकेका छन् । विपक्षीहरू करिब अस्तित्वहीन भएको प्रणालीमा केही समयका लागि प्रधानमन्त्रीका रूपमा काम गरेका थिए ।

केन्द्रीय निर्वाचन आयोगले आफूलाई मनोनयन गर्ने पुटिनका साथै दक्षिणपन्थी तथा पुटिनप्रति बफादार लियोनिद स्लटस्कीलाई निर्वाचनका लागि उम्मेदवारका रूपमा दर्ता गरेको जनाएको छ । निर्वाचन मार्च १५ देखि १७ सम्म अर्थात तीन दिनसम्म हुनेछ ।

क्रेमलिनका आलोचकका अनुसार निर्वाचनले पारदर्शिताको ग्यारेन्टीलाई अझ कठिन बनाउने बताएका छन् । सन् २०२० मा एउटा विवादास्पद संवैधानिक सुधारपछि पुटिन कम्तीमा सन् २०३६ सम्म सत्तामा कायम रहन सक्नेछ ।

अधिकार समूहहरूले विगतका निर्वाचनमा अनियमितता भएको भन्दै स्वतन्त्र पर्यवेक्षकलाई निर्वाचनको अनुगमन गर्न रोक लगाउन सकिने बताएका छन् ।

पुटिनले कुनै वास्तविक प्रतिस्पर्धाको सामना गर्ने अपेक्षा गरिएको छैन । उदारवादी प्रतिद्वन्द्वी बोरिस नादेजदिनले उम्मेदवारका रूपमा दर्ताका गर्नका लागि हस्ताक्षरको थ्रेसहोल्ड (सीमा) पार गरेका छन् ।

यद्यपि, उनलाई उम्मेदवारका रूपमा अनुमति दिइन्छ वा दिइन्न भन्ने अझै स्पष्ट भएको छैन । साथै क्रेमलिनले उनलाई गम्भीर प्रतिद्वन्द्वी नमानिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट