चर्चित गायिका कलाले सार्वजनिक गरिन् ‘सीता पातल’को डकुमेन्ट्री-Sutra News

चर्चित गायिका कलाले सार्वजनिक गरिन् ‘सीता पातल’को डकुमेन्ट्री

मंगलबार, १६ माघ २०८०

मंगलबार, १६ माघ २०८०

काठमाडौं । चर्चित गायिका कला रेश्मी महतोले ऐतिहासिक धार्मिक स्थल अर्थात सीता माता भासिएको ठाउँको डकुमेन्ट्री ‘सीता पातल’ सार्वजनिक गरेकी छन् ।



यस डकुमेन्ट्रीमा सीता भासिएको स्थल र भगवान राम–सीताको बारेमा वास्तविक कथा प्रस्तुत गरिएको छ । डकुमेन्ट्रीमा विभिन्न ऐतिहासिक स्थलहरूलगायत ज्ञान बद्र्धक, धार्मिक कुरा कैद गरिएको छ ।

सीता पातलमा हालसम्म कुनै नेताहरू नपुगेको, नेपालको ऐतिहासिक स्थललाई नेपाल सरकार र सम्बन्धित निकायले संरक्षण गर्न चासो नदेखाएको स्थानीयवासीसँगै पुजारीको गुनासो रहेको छ ।

यस स्थानमा हरेक वर्ष राम नवमीको दिन वार्षिकोत्सवसँगै पुजापाठ गर्ने, भजन गर्ने गरिन्छ । डकुमेन्ट्रीमा पुजारीले सीता पातलको स्थल देखाउँदै यसको विशेषताको बारेमा जानकारी गराएका छन् ।

यस ऐतिहासिक स्थलमा कुनै मिडिया र पत्रकार नपुगेको प्रचारप्रसार नगरिदिएको भन्दै पुजारीले बताएका छन् । साथै, सानो–सानो काम गर्न पनि वडाको सिफारिस र अनुमति लिनु पर्ने, कहिले अनुमति नदिएर वाक्कदिक्क भएको गुनासो पुजारीले गरे ।

लोपोन्मुख ऐतिहासिक धार्मिक स्थल सीता पातलको प्रचार प्रसार होस् भनेर ‘सीता पातल’ नामक डकुमेन्ट्रीको निर्माण गरिएको कुरा निर्माता प्रेम महतोले बताए ।

नवलपरासीको बर्दघाट त्रिवेणी चोकबाट दक्षिणतर्फ नारायणी पारी चितवन राष्ट्रिय निकुञ्जभित्र माडी नगरपालिका १ मा सीतामणि भनेर चिनिने सीता पातल स्थलमा पर्दछ ।

डकुमेन्ट्रीमा सञ्चारकर्मी राजकुमार रायमाझीको कथा तथा निर्देशन रहेको छ भने मन बहादुर पुनले छायांकन, सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट