श्रीमानले ढालेको रुखले किचेर श्रीमतीको मृत्यु-Sutra News

श्रीमानले ढालेको रुखले किचेर श्रीमतीको मृत्यु

मंगलबार, १६ माघ २०८०

मंगलबार, १६ माघ २०८०

काठमाडौं । म्याग्दीको रघुगंगा गाउँपालिकामा रुखले किचेर एक जनाको मृत्यु भएको छ ।



गाउँपालिका ३ मौवाफाँट फूलबारीमा दाउरा काट्न रुख ढलाउने क्रममा किचेर स्थानीय ४८ वर्षीया माया गर्बुजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए ।

रुख ढल्न लाग्दा भाग्ने क्रममा चोट लागेर घाइते भएकी गर्बुजालाई उपचारका लागि बेनी अस्पताल ल्याउदा चिकित्सकले मृत घोषणा गरेको उनको भनाइ छ ।

फूलबारीका मानबहादुर भण्डारीको घरमा माया श्रीमान् नवीनसँगै दाउरा काट्न गएकी थिइन् । नवीनले रुख ढलाउने मेसिन चलाउने र मानबहादुरले बाटोमा मानिस हेर्न बसेका थिए ।

भाग्ने क्रममा रुख ढलेर मायाको टाउकोमा चोट लागेको थियो । मायाको शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट