पोखरामा घरको छतबाट खसेर इञ्जिनियरको मृत्यु-Sutra News

पोखरामा घरको छतबाट खसेर इञ्जिनियरको मृत्यु

मंगलबार, १६ माघ २०८०

मंगलबार, १६ माघ २०८०

काठमाडौं । पोखरामा निर्माणाधीन होटेलको छतबाट खसेर एक इञ्जिनियरको मृत्यु भएको छ । मंगलबार ‘लेक साइड’मा निर्माणाधीन घरबाट खसेर ३७ वर्षीय प्रवीण भट्टराईको मृत्यु भएको हो ।



चिनीमाया भण्डारीको होटेलको पाँचौँ तलाबाट सोलार जाँच गर्ने क्रममा चिप्लिएर भट्टराई खसेका थिए । गम्भीर घाइते उनको गण्डकी मेडिकल कलेजमा उपचार हुँदै गर्दा मृत्यु भएको हो ।

उनी मुक्ति इनर्जीबाट उक्त काममा खटिएका थिए । उनको शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट