मन्त्री शर्मा नगएपछि बैठक स्थगित-Sutra News

मन्त्री शर्मा नगएपछि बैठक स्थगित

मंगलबार, १६ माघ २०८०

मंगलबार, १६ माघ २०८०

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सरकारका मन्त्री उपस्थित नभएपछि स्थगित भएको छ ।



सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल गर्न समितिले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई बोलाएको थियो । तर, उनी अनुपस्थित भएपछि बैठक रोकिएको हो ।

बैठकमा समिति सदस्यहरूले विधेयकमाथिको छलफलमा सम्बन्धित मन्त्रीको उपस्थिति हुनु पर्ने बताएका थिए । मन्त्रीलाई उपस्थित गराएर मात्रै बैठक चलाउनु पर्ने सुझाव आएपछि बिहीबार बस्ने गरी बैठक रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट