वृष र मीन राशीको दिन शुभ, तपाईंको दिन कस्तो ?-Sutra News

वृष र मीन राशीको दिन शुभ, तपाईंको दिन कस्तो ?

बुधबार, १७ माघ २०८०

बुधबार, १७ माघ २०८०

आज मिति २०८० साल माघ १७ गते बुधबार । तदनुसार जनवरी ३१ तारिख २०२४ । माघ कृष्ण पक्ष पञ्चमी तिथि । बिहान ६ बजेर ५१ मिनेट जाँदा झुल्किएको घाम साँझ ५ बजेर ४३ मिनेटमा अस्ताउने छ ।



मेष

अरूको भरले मात्र काम पूरा नहुन सक्छ। तर सहयोगीहरूको साथ जुट्नाले रोकिएका काम सम्पादन गर्न सकिनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। केही उपहार प्राप्त हुनेछन्।

वृष

राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष समारोहमा सहभागी बन्ने मौका मिल्न सक्छ।

मिथुन

काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।

कर्कट

लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदै हुनेछ। समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन्। यात्राको साइत पनि जुर्न सक्छ।

सिंह

सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। प्रयत्न गर्दा पछि फाइदा हुने काम प्रारम्भ हुनेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ।

कन्या

जीवनशैलीमा सुधार ल्याउनुका साथै फाइदा दिलाउनेछ। विशिष्ट व्यक्तिहरू सहयोगीका रूपमा उपस्थित हुनेछन्। विशेष योजना बन्नेछन्। समुदायको हक हित हुने काम सम्पादन गर्न सकिनेछ।

तुला

पहिलेको चुनौती समाप्त होला। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ।

वृश्चिक

दोहोर्याएर प्रयत्न गर्दा रोकिएका काम सम्पादन गर्न सकिनेछ। अर्थ अभावले सताए पनि समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन्। स्वास्थ्य भने कमजोर रहनेछ।

धनु

परिवारजनको साथले उत्साह जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा मन रमाउनेछ। रमाइलो यात्रा हुनुका साथै अतिथिका रूपमा मानसम्मान प्राप्त हुनेछ।

मकर

आफ्नै व्यवहारप्रति पछुतो लाग्न सक्छ। आलोचकहरूलाई व्यवहारले समेट्नुपर्ला। प्रयत्न गर्दा विगतका कमजोरी सच्याउन सकिनेछ। सावधानीले पनि क्षतिबाट जोगाउनेछ।

कुम्भ

प्रतिष्ठित व्यक्तिहरू नजिकिनेछन् भने नयाँ काम प्रारम्भ हुनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट सामान्य लाभ मिल्नेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। सहयोगीहरूले पनि साथ दिनेछन्।

मीन

अप्ठ्यारो पर्दा मान्यजन तथा अग्रजहरूले साथ दिनेछन्। ईर्ष्या गर्नेहरूले सताए पनि परिस्थितिले साथ दिनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने आस मारेको नतिजा सकारात्मक हुनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट