सुपर सिक्स नखेल्दै यू-१९ विश्वकपबाट बाहिरियो नेपाल !-Sutra News

सुपर सिक्स नखेल्दै यू-१९ विश्वकपबाट बाहिरियो नेपाल !

बुधबार, १७ माघ २०८०

बुधबार, १७ माघ २०८०

काठमाडाैं । दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकपको सुपर सिक्सबाटै नेपाल बाहिरिने भएको छ । मंगलबार सम्पन्न सुपर सिक्सका खेलमा भारत र पाकिस्तानले आ-आफ्ना खेल जितेसँगै सुपर सिक्समा रहेका नेपाल सहित न्युजिल्यान्ड र आयरल्यान्ड विश्वकपको सेमिफाइनल दौडबाट बाहिरिएका छन् ।



सुपर सिक्सको समूह १ मा भारत र पाकिस्तानको ६-६ अंक भएको छ भने बंगलादेशको २ अंक रहेको छ । त्यस्तै न्युजिल्यान्डको पनि २ अंक रहँदा नेपाल र आयरल्यान्ड भने सुपर सिक्समा अंक विहिन छन् । नेपालले समूह चरणमा अफगानिस्तानलाई पराजित २ अंक हासिल गर्दै सुपर सिक्समा पुगेको भएपनि अफगानिस्तान सुपर सिक्समा नरहेकोले सो अंक सुपर सिक्समा नरहेकाले सो अंक नेपालको सुपर सिक्समा नजोडिदाँ नेपाल अंकविहीन बनेको हो ।

नेपालले आज सुपर सिक्स अन्तर्गतको आफ्नो पहिलो खेलमा बंगलादेशको सामना गर्दै छ । नेपाल र बंगलादेशबिचको खेल ब्लुमफोनटिनस्थित मनगाउडङ ओभलमा आज अपरान्ह १:४५ बजेदेखि सुरु हुने छ । अफगानिस्तानविरुद्धको खेलमा फिल्डिङका क्रममा घाइते लेगस्पिनर तिलक राजभण्डारीको दायाँ हातको हत्केलामा २ वटा टाँका लगाइएकोले आजको खेलमा तिलक वेञ्चमा हुने सम्भावना छ । तिलकको स्थानमा आज विकेटकिपर उत्तम थापा मगरले खेल्ने सम्भावना छ ।

आईसीसी यू-१९ विश्वकपमा नेपाल र बंगलादेश तेस्रो पटक भिड्न लागेका हुन् । यसअघि भएका दुई भेटमा नेपाल र बंगलादेशले समान १/१ पटक जितेका छन् । यी दुई टोलि ८ वर्षपछि एकआपसमा भिड्दै छन् ।

यसअघि सन् २०१६ मा बंगलादेशमै भएको खेलको क्वाटरफाइनलमा नेपाल बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो भने त्यसअघि सन् २००२ मा भएको विश्वकप अन्तर्गतकै खेलमा नेपालले बंगलादेशलाई २३ रनले पराजित गरेको थियो । सेमिफाइनल पुग्ने दौडबाट बाहिरी सकेको नेपालले आजको खेलमा बंगलादेशलाई पराजित गर्न सफल बन्ला नबन्ला आफ्नो मत प्रकट गर्दै कमेन्ट गर्न भने नभूल्नुहोला ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट