काठमाडौं । नेपालले दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप २०२४ मा बंगलादेशविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।
माङ्गाउङ्ग ओभलमा नेपालका कप्तान देव खनालले टस जितेका थिए । नेपालले बुधबारको खेलमा दुई परिवर्तन गरेको छ । खेलमा विशाल विक्रम केसी र दुर्गेश गुप्तालाई खेलाउने भएको हो ।
पछिल्लो खेलमा अफगानिस्तानबाट नेपालले तिलकराज भण्डारी र दिपक डुम्रेलाई बेन्चमा राखेको छ । नेपाल सुपर सिक्स खेल्नुअघि सेमिफाइनल यात्राबाट बाहिरिसकेको छ ।
बंगलादेशलाई भने सुपर सिक्सको अंक गणितको सम्भावना कायमै राख्न विशाल जित आवश्यक पर्दछ ।