भ्रष्टाचारको अभियोगमा पूर्वप्रधानमन्त्री र उनकी पत्नीलाई १४ वर्ष जेल सजाय-Sutra News

भ्रष्टाचारको अभियोगमा पूर्वप्रधानमन्त्री र उनकी पत्नीलाई १४ वर्ष जेल सजाय

बुधबार, १७ माघ २०८०

बुधबार, १७ माघ २०८०

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारको अभियोगमा बुधबार १४ वर्षको जेल सजाय सुनाइएको छ ।



राष्ट्रिय निर्वाचनको एक साताअघि खानलाई राज्यको गोप्य सूचना चुहावटसम्बन्धी मुद्दामा १० वर्षको जेल सजाय सुनाइएको एक दिनपछि यो फैसला आएको हो ।

पीटीआईका संस्थापक तथा पूर्वप्रधानमन्त्री खान र उनकी पत्नीलाई १० वर्षसम्म कुनै पनि सार्वजनिक पद धारण गर्न अयोग्य घोषित गरिएको छ । उनीहरुलाई ७८ करोड ७० लाख पाकिस्तानी रुपैयाँ जरिवानासमेत गरिएको छ ।

एआरवाई न्यूजका अनुसार बुधबारको सुनुवाईमा पीटीआईका संस्थापक बीबीलाई अदालतमा पेश गरिएको थियो । खानको पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रवक्ताले भने, “हाम्रो न्यायिक प्रणालीलाई भत्काइँदै छ, यो पाकिस्तानको इतिहासमा अर्को दुःखद दिन हो ।”

गत अगष्टमा पक्राउ परेदेखि अधिकांश समय हिरासतमा राखिएको जेलभित्र भएको सुनुवाइपछि खानको सजाय लगातार वा सँगसँगै चलिरहने हो वा होइन भन्ने स्पष्ट हुन सकेको छैन ।

खानका वकिल सलमान सफदरले पनि एएफपीसँग कुरा गर्दै खान र उनकी पत्नी बुशरा बीबीलाई सजाय सुनाइएको पुष्टि गरे । “खान र उहाँकी पत्नी बीबीलाई सजाय सुनाइएको छ । बीबीलाई अहिलेसम्म पक्राउ गरिएको छैन,” सफदरले भने ।

उनीहरूको सन् २०१८ मा खान प्रधानमन्त्री निर्वाचित हुनुभन्दा केही महिनाअघि विवाह भएको थियो । खानले आध्यात्मिक मार्ग दर्शनका लागि सम्पर्क गर्दा बीबीलाई भेटेको र उनी सार्वजनिक रूपमा विरलै देखिन्छिन् ।

करिब १२ करोड ७० लाख पाकिस्तानीले आगामी बिहीबार हुने चुनावको दिन मतदान गर्न पाउने छन् । जसमा खान र पीटीआई बहसको केन्द्रमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट