३३ किलो सुन प्रकरणका गोरेले बयान दिँदै सोधे- मलाई फेरि के गर्न थाल्नु भयो-Sutra News

३३ किलो सुन प्रकरणका गोरेले बयान दिँदै सोधे- मलाई फेरि के गर्न थाल्नु भयो

बुधबार, १७ माघ २०८०

बुधबार, १७ माघ २०८०

काठमाडौं । दुबईबाट ल्याएपछि काठमाडौंबाट हराएको ३३ किलो सुन तस्करीमा संलग्न चूडामणि उप्रेती ‘गोरे’सँग सुन तस्करी जाँचबुझ आयोगका पदाधिकारीले बयान लिएका छन् ।



सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका गोरेलाई कारागारबाट झिकाएर बयान लिइएको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले जनाएको छ ।

विं.सं.२०७४ माघ ९ गते विमानस्थलमा आएको सुन ‘गोरे’को समूहले ल्याएको थियो । तर, सुन अहिलेसम्म फेला परेको छैन ।

अचानक बयानका लागि सिंहदरबार ल्याएपछि गोरेले आयोगका पदाधिकारीहरूलाई सोधेका थिए, ‘मलाई फेरि के गर्न थाल्नु भयो ?’

गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा बनेको समितिले गोरेलाई सिंहदरबारमा सार्वजनिक गरेको भवनमा बयान लिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट