काठमाडौं । आईसीसी यू १९ विश्वकपमा नेपालको तेस्रो विकेट पतन भएको छ । बंगलादेशविरुद्ध खेलमा नेपालले तेस्रो विकेट गुमाएको हो ।
दक्षिण अफ्रिकामा जारी यू १९ विश्वकपमा टस जितेर नेपालले बंगलादेशविरुद्ध ब्याटिङ गरिरहेको छ । दक्षिण अफ्रिकाको माङ्गाउङ्ग ओभलमा जारी खेलमा नेपालले ओपनरद्वय विपिन रावल, अर्जुन कुमाल र आकाश त्रिपाठीको विकेट गुमाएको हो ।
आजको खेलमा नेपाललाई बंगलादेशले पराजित गरे सुपर सिक्समा पुग्ने सम्भावना हुन्छ ।