शेयर बजार भारी अंकले गिरावट, हिमालयन रिइन्स्योरेन्सको कारोबार उच्च-Sutra News

शेयर बजार भारी अंकले गिरावट, हिमालयन रिइन्स्योरेन्सको कारोबार उच्च

बुधबार, १७ माघ २०८०

बुधबार, १७ माघ २०८०

काठमाडौं । शेयर बजार नेप्से परिसूचक २१.६७ अंकले घटेर बन्द भएको छ । पछिल्लो तीन दिन बढेको शेयर बजार बुधबार दोहोरो अंकले घटेको हो ।



योसँगै नेप्से परिसूचक दुई हजार ९७ अंकमा रोकिएको छ । आज नेप्सेमा २९ कम्पनीको मूल्य बढ्यो । यस्तै, २१५ कम्पनीको मूल्य घटेको छ भने तीन कम्पनीको मूल्य स्थिर कायम छ ।

आज सामलिङ पावर कम्पनीको शेयर मूल्य ९.८७ प्रतिशत र मन्दाकिनी हाइड्रोपावरको शेयर ९.६७ प्रतिशतले बढेको छ ।

आज पनि हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ । यो कम्पनीको शेयर मात्रै ६३ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

आज नेप्सेमा पाँच अर्ब २९ करोड रुपैयाँभन्दा धेरैको एक करोड ४७ लाख कित्ता शेयर किनबेच भएको छ । यसअघि, आइतबार १० अंकले बढेको नेप्से सोमबार सोही अंकले बढेको थियो । मंगलबार १४ अंकले बढेर बन्द हुँदा आज २१ अंकले घटेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट