अर्धशतक बनाउन चुके विशाल, सर्वाधिक रन बनाएर भए ‘आउट’-Sutra News

अर्धशतक बनाउन चुके विशाल, सर्वाधिक रन बनाएर भए ‘आउट’

बुधबार, १७ माघ २०८०

बुधबार, १७ माघ २०८०

काठमाडौं । आईसीसी यू १९ विश्वकपमा विशाल विक्रम केसी अर्धशतक बनाउन चुकेका छन् । जारी विश्वकपको सुपर सिक्स खेलअन्तर्गत केसीले बंगलादेशविरुद्ध ४८ रन बनाए आउट भएका हुन् ।



विशालले १०० बल खेल्दै ६ चौकाको मद्दतमा ४८ रन बनाए । बंगालदेशका बलरसामु नेपाली ब्याटरहरु क्रिजमा टिक्न कठिन भइरहेको अवस्थामा केसी सर्वाधिक रन बनाएका हुन् ।

यसअघि कप्तान देव खनालले ६० बल खेल्दै तीन चौका प्रहार गर्दै ३५ रन बनाएर आउट भएका थिए । छैटौँ विकेटका रुपमा नेपालले दिपक बोहोरालाई ३ रनमा गुमाएको थियो ।

त्यसअघि अलराउण्डर गुल्सन झा ३ रन बनाउँदै आउट भए । सिनियर टोलीमा फिनिसरको छवि बनाएका गुल्सन उमेर समूहमा टिक्न सकेनन् । नेपालले ४४ ओभर खेल्दै ९ विकेटको क्षतिमा १३९ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट