नेपालले बंगलादेशलाई दियो १७० रनको लक्ष्य-Sutra News

नेपालले बंगलादेशलाई दियो १७० रनको लक्ष्य

बुधबार, १७ माघ २०८०

बुधबार, १७ माघ २०८०

काठमाडौं । आईसीसी यू-१९ विश्वकपमा नेपालले बंगलादेशलाई १६९ रनको लक्ष्य दिएको छ । सुपर सिक्सका लागि बंगलादेशविरुद्ध कमजोर सुरुवात गरेको नेपालले एक बल बाँकी हुँदा १६९ रन बनाएर अलआउट भएको हो ।



सुरुवाती ९ ओभरमा नै नेपालले प्रमुख ब्याटर अर्जुन कुमालसहित तीन खेलाडीको विकेट गुमाएको थियो । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ९ ओभर खेल पूरा हुँदा तीन विकेट गुमाउँदै ३१ रन मात्रै बनाएको थियो ।

ओपनर अर्जुनले २६ बल खेल्दै २ चौकासहित १४ रन बनाएर आउट भए । तेस्रो नम्बरका ब्याटर आकाश त्रिपाठी १३ बलमा ३ रन बनाउँदै क्याच आउट भए ।

यस्तै, ओपनर विपिन रावल १२ बल खेल्दै २ रन बनाउँदै क्याच आउट भए । कप्तान देव खनालले ३५ रन बनाएर आउट भएका थिए । उनले ६० बल खेल्दै तीन चौकाको सहयोगमा ३५ रन बनाएका हुन् ।

यसैगरी, विशाल विक्रम केसी अर्धशतक बनाउन चुके । उनी ४८ रन बनाए आउट भएका हुन् । यस क्रममा उनले १०० बल खेल्दै ६ चौकाको मद्दतमा ४८ रन बनाएका थिए ।

अलराउण्डर गुल्सन झा, दिपक बोहोरा र दिपेश कंडेलले समान ३-३ रन मात्रै बनाए । आकाश चन्द पहिलो बलमा नै आउट भए । खेलमा सुभास भण्डारीले १८ रन बनाएर नटआउट हुँदा दुर्गश गुप्ताले ९ रन बनाए ।

बलिङतर्फ बंगलादेशका लागि इकबाल हसन, मारुफ मिद्रा र जिसन आलमले समान एक-एक विकेट लिए । यसै गरी, शेख पाइवेज जिवोन तीन र रोहानात डल्लासले चार विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट