काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य बढाउने निर्णय गरेको हो ।
बढाइएकाे मूल्य माघ १८ गते बिहान १ बजेदेखि लागू हुने जनाइएकाे छ ।
निगमले जनाएअनुसार पेट्रोलमा ४ रुपैयाँ ५३ पैसा र डिजेलमा २ रुपैयाँ ३२ पैसा मूल्य बढेकाे छ । त्यस्तै, निमगले ग्याँसमा प्रतिसिलिन्डर १५ रुपैयाँ ७८ पैसाका दरले मूल्य बढाएको छ ।
निगमले स्वचालित मूल्य प्रणाली अनुसार भारतबाट मूल्य बढेर आएपछि साेहीअनुसार मूल्य समायाेजन गरेकाे जनाएकाे छ ।
मूल्य बढेसँगै अब काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर रु १७०, डिजेल, मट्टितेलको मूल्य रु १५८ र खाना पकाउने एलपी ग्यासको मूल्य रु एक हजार ९१० कायम भएको छ ।