आजको मौसम : यी स्थानमा वर्षा र हिमपात हुने-Sutra News

आजको मौसम : यी स्थानमा वर्षा र हिमपात हुने

बिहिबार, १८ माघ २०८०

बिहिबार, १८ माघ २०८०

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ ।



जसका कारण देशका पहाडी भागमा आंशिकदेखि साधरण बदली रही बाँकी भागमा मौसम सफा रहने छ । तराईका केही स्थानमा हुस्सु लागेको छ ।

दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा बदली रही बाँकी भागमा आंशिक बदली रहने छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानका साथै बाँकी पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहने छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका केही स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहने छ ।

राति सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट