मिथुन र कुम्भको दिन शुभ, तपाईंको दिन कस्तो ?-Sutra News

मिथुन र कुम्भको दिन शुभ, तपाईंको दिन कस्तो ?

बिहिबार, १८ माघ २०८०

बिहिबार, १८ माघ २०८०

आज मिति २०८० साल माघ १८गते बिहीबार । तदनुसार फेब्रअरी महिनाको १ तारिख २०२४ । माघ कृष्ण पक्ष षष्ठी तिथि । बिहान ६ बजेर ५० मिनेट जाँदा झुल्किएको घाम साँझ ५ बजेर ४४ मिनेटमा अस्ताउने छ ।



मेष

आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ।

वृष

मान–सम्मान पाइने समय छ। बोलीको भरमा चिताएको काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्।

मिथुन

प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ।

कर्कट

समयमा होसियार बन्न नसक्दा खर्च बढ्ने देखिन्छ। परिवारजनबाट टाढिनुपर्ला। श्रमअनुसार फाइदा कमै होला। ठूलो प्रयत्न गर्दा सामान्य उपलब्धि उठाउन सकिनेछ।

सिंह

पछिका लागि केही वस्तु त्याग्नुपर्ला। लाभको अवसर मिले पनि तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्, सजग रहनुहोला।

कन्या

पुरानो हिसाबकिताबले विवाद निम्त्याउन सक्छ। तापनि संघर्षपछि लाभ उठाउन सकिनेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनुका साथै फाइदा दिलाउनेछ।

तुला

मेहनत गर्दा राम्रै फाइदा हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले दिगो लाभ उठाउन सकिनेछ। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला।

वृश्चिक

प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ। काम बिग्रने भयले सताउनेछ। तापनि प्रयत्न गर्दा चुनौतीहरू पन्छाउन सफल भइनेछ।

धनु

विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ। आयआर्जन पनि मनग्य हुनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। कामको चापबाट मुक्त रही विश्राम पाइनेछ।

मकर

स्रोतसाधन जुटाउन केही खर्च र दौडधुप गर्नुपर्ला। पछिका लागि लगानी गर्नुपर्ने समय छ। काममा अरूको मुख ताक्नाले पछि परिनेछ। व्यर्थ विवादले शुभचिन्तकहरू टाढिन सक्छन्।

कुम्भ

आँटेको काम बन्नेछ भने मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। अध्ययनको लगावले विशेष अवसर दिलाउन सक्छ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ।

मीन

केही अवसर प्राप्त भए पनि ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। काममा विभिन्न उल्झन आउनाले पछि परिनेछ। साझेदारीमा आन्तरिक प्रतिस्पर्धा बढ्न सक्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट