काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले वृद्धि भएको हो ।
योसँगै आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख १९ हजार २०० रुपैयाँ कायम भएको छ । बुधबार एक लाख १८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, तेजावी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ६५० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ४१० रुपैयाँ तोकिएको छ ।