अभिनेता दयाहाङ राई अहिलेका अत्यधिक व्यस्त नायकमा गणना हुने गरेका छन् । उनले अभिनय गर्ने फिल्मको घोषणा होस् या रिलिज हुने फिल्मको ताती लागिरहेकै हुन्छन् ।
दयाका करिब एक दर्जन फिल्म रिलिज देखि छायांकन हुने लाइनअपमा छन् । जसमा अर्को हप्ता दुई फिल्म ‘हात्तिछाप’ र ‘दयारानी’ रिलिज हुने तरखरमा छन् । यी फिल्मपछि उनको अर्को फिल्म ‘रंगेली’ रिलिजको सङ्घारमा छ ।
यस पछि दयाको फिल्म लिस्ट पनि उस्तै छ । उनले हालै नयाँ वर्षको अवसर पारेर रिलिज हुन लागेको फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’को सुटिङ सकेर फिल्म ‘भूठान’को छायांकनका लागि अमेरिका पुगेर नेपाल फर्किए । यी पछि अब दया केही समय आफूले साइन गरेका फिल्मलाई समय निकाल्दै छन् । जसका लागि उनले केही समय उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘मनसरा’लाई समय दिएर फिल्म ‘घरज्वाइँ’ का लागि रोल्पा छायांकनमा जाने तयारी गरिरहेका छन् । यसपछि दयाले फिल्म ‘कार्साङ’लाई समय निकाल्दै छन् ।
यी पछि दयाले समय दिने फिल्ममा ‘वरिष्ठ बलाराम’, ‘गाउँ नै रमाइलो’, ‘दुखी आत्मा’, ‘लाउरे एण्ड दाउरे’ लगायतका फिल्मलाई समय दिँदै छन् । यसपछि पनि उनका करिब ५ वटा फिल्म घोषणासँगै छायांकन हुने पाइप लाइनमै रहेको बुझिन्छ ।
दयासँग काम गर्न मेकरहरुको लाइन यसपछि पनि उस्तै छ, सके सम्म सबैको प्रस्तावलाई स्वीकार गरी नै रहेका दयाले ब्रेक लिने मनसाय बनाएका छन् ।
उनले व्यस्तता धेरै हुँदा अब फिल्म गर्ने कुरालाई लिएर केही हदसम्म धैर्यता देखाउँदै १ वर्ष सम्म कुनै पनि फिल्म साइन नगर्ने तयारीमा छन् । यसमा उनले छायांकन हुन बाँकी फिल्म र साइन गरिसकेका फिल्म गर्ने तर नयाँ सम्झौता तत्कालै नगर्ने बुझिएको छ ।
आज फिल्म दयारनीको पत्रकार भेटघाटका क्रममा उनले अब १ वर्ष सम्म कुनै पनि फिल्म साइन नगर्ने बताएका हुन् ।
दयाले भने, ‘मैले अहिले जुन फिल्महरू गरिरहेको छु ती एक डेढ वर्ष अघि नै साइन गरेका हुन् । यस्तो अवस्थामा मैले अन्य फिल्म पनि साइन गरे भने धेरै तनाव महशुस हुने छ । त्यसैले अब केही हदसम्म नयाँ फिल्म साइन नगर्ने मनाशय बनाएको छु ।’