काठमाडौं । साताको अन्तिम दिन शेयर बजार परिसूचक नेप्सेमा भारी अंकले गिरावट आएको छ । बिहीबार नेप्से ३०.९२ अंकले गिरावट आउँदै २०६७.०१ विन्दुमा रोकिएको छ ।
नेप्से परिसूचक गिरावट भएसँगै कारोबार खुम्चिएर चार अर्ब १८ करोडमा झरेको छ । अघिल्लो कारोबार दिन नेप्सेमा पाँच अर्ब २६ करोड रुपैयाँको कारोबार भएको थियो ।
आज नेप्सेमा समाज लघुवित्तको शेयर मूल्य सर्वाधिक ६.१० प्रतिशत र रावाँ इनर्जीको ३.३८ प्रतिशतले बढ्यो । हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ ।