विमानस्थल र निगमलाई निजीकरणको तयारी, सुझाब दिन बनाइयो समिति-Sutra News

विमानस्थल र निगमलाई निजीकरणको तयारी, सुझाब दिन बनाइयो समिति

बिहिबार, १८ माघ २०८०

बिहिबार, १८ माघ २०८०
फाइल तस्बिर

काठमाडौं । सरकारले तीन वटै अन्तराष्ट्रिय विमानस्थल र नेपाल एयरलाइन्सलाई सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलबाट सञ्चालन गर्नेगरी तयारी थालेको छ । जसको लागि सरकारले छुट्टाछुट्टै छानबिन समिति बनाएको छ ।



बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पर्यटन मन्त्री सुदन किराँतीको सोसम्बन्धी प्रस्तावलाई स्वीकृति दिएको हो ।

पीपीपी मोडेलबाट तीन वटै अन्तराष्ट्रिय विमानस्थल (काठमाडौं, पोखरा र भैरहवा)लाई सञ्चालन गर्नेगरी सुझाब दिन पूर्वसचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा समिति तयार गरिएको छ भने वायुसेवा निगमको सन्दर्भमा योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रको संयोजकत्वमा समिति गठन गरेको हो ।

दुवै समितिलाई प्रतिवेदन बुझाउन डेढ महिनाको समय दिइएको जनाइएको छ ।

समितिहरुले दिएको सुझाबका आधारमा निजीकरणको प्रक्रिया अगाडि बढाउने सरकारको तयारी छ ।

सरकारले व्यवस्थापन गर्न सकस परेको र घाटामा गएको नाममा निजीकरणको तयारी गरेको हो । यद्यपि, सरकारको कदमको चौतर्फी विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट