काठमाडाैं । सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बाेलाएकाे छ ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठक शुक्रबार अपराह्न २ बजे बैठक बाेलाइएकाे जनाएका छन् । उनका अनुसार संघीय संसद् भवनमा बैठक बस्नेछ ।
बैठकमा आगामी सोमबारदेखि हुने हिँउदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल हुने प्रमुख सचेतक लेखकले जानकारी दिए ।
संसद्मा जतिसक्दो धेरै विधेयक प्रस्तुत गर्ने र त्यसलाई अगाडि बढाउनका लागि पार्टीका तर्फबाट सांसदले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा पनि छलफल गरिने उनले बताए ।
बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने जनाइएकाे छ ।