काठमाडाैं । नेपाली कांग्रेसका सांसद एवम् चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले सरकारले आफ्नाे परिवारमाथि प्रतिशाेध साँधिएकाे आराेप लगाएका छन् । शुक्रबार नेपाली कांग्रेसकाे संसदीय दलको बैठकपछि नयाँबानेश्वरको संसद भवनअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्ताे आराेप लगाएका हुन् ।
उनले बाँसबारी जुत्ताछाला कारखानाको जग्गा प्रक्रियासंगत रुपमै किनेको दाबी गरे ।
“बाँसबारीमा जुत्ताछाला कारखानाको जग्गा विधि र प्रक्रियासंगत लिएको हो, नियमसंगत लिएको हो’, उनले भनेका छन्, ‘सरकारले व्यापारीमाथि अहिले आएर प्रतिशोध साधेको छ ।”
धेरैअघिको कुरा अहिले उठाएर उद्योगी व्यवसायीलाई त्रसित बनाउने काम भइरहेको चौधरी आराेप छ । उनले लगानी सम्मेलनकाे मुखमा गरिएकाे धरपकडले उद्योगी तथा व्यवसायीको मनोबल खस्किन्ने उनले बताए ।
कांग्रेस बैठकमा पाेखे असन्तुष्टि
भाइ अरूण पक्राउ परेकाे सन्दर्भमा शुक्रबार बसेकाे कांग्रेस संसदीय दलको बैठकमा दाइ विनाेदले प्रश्न उठाएका छन् । उनले आफूहरूमाथि योजनाबद्ध ढंगले आक्रमण गरिएको भन्दै सभापति एवं दलका नेता शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।
यद्दपि, उनकाे ध्यानाकर्षणबारे बैठकमा कुनै निर्णय भने भएन । ‘सांसद चौधरीले आफ्नो कुरा राख्नुभयाे, तर यस विषयमा पार्टीले कुन धारणा बनाइसकेको छैन’, लेखकले भनेका छन्, ‘उहाँको कुरा नेता र सांसदले गम्भीरतापूर्वक सुनेका छौं ।’