२२ वर्षीय जैसवालले जोगाए भारतको इज्जत, अन्य खेलाडी खेल्न सकेनन्-Sutra News

२२ वर्षीय जैसवालले जोगाए भारतको इज्जत, अन्य खेलाडी खेल्न सकेनन्

शनिबार, २० माघ २०८०

शनिबार, २० माघ २०८०

काठमाडौं । विशाखापट्टनम टेस्टको पहिलो इनिङ्समा भारत ३९६ रन बनाउँदै अलआउट भएको छ । भारतका लागि ओपनर यशस्वी जैसवालले दोहोरो शतक प्रहार गरे ।



जैसवाल २०९ रन बनाएर आउट भए पनि टोलीलाई ४०० रनभन्दा माथि लैजान सकेनन् । उनीबाहेक टोलीका अन्य कुनै ब्याट्सम्यानले अर्ध शतकसम्म बनाउन सकेनन् ।

यशस्वी दोहोरो शतक प्रहार गर्ने तेस्रो कान्छा भारतीय बनेका छन् । उनले २२ वर्ष ३७ दिनको उमेरमा दोहोरो शतक बनाए ।

यसअघि विनोद काम्बलीले २१ वर्ष ३५ दिनको उमेरमा दोहोरो शतक बनाएका थिए भने सुनिल गावस्करले २१ वर्ष २८३ दिनको उमेरमा दोहोरो शतक बनाएका थिए ।

टिम इण्डियाले दोस्रो दिन ३३६/६ रन बनाएर आफ्नो इनिङ्स जारी राख्यो। टोलीले लञ्च सत्र सकिनुअघि चारै विकेट गुमाएको थियो । टोली ६० रन मात्र बनाउन सके र ३९६ रनमा सिमित भयो ।

इंग्ल्याण्डका जेम्स एन्डरसन, शोएब बशीर र रेहान अहमदले समान ३-३ विकेट लिए । टम हार्टलीले एक विकेट लिए ।

भारतका लागि कप्तान रोहित शर्मा १४, शुभमन गिल ३४, श्रेयस ऐर २७, रजत पाटिदार ३२, अक्षर पटेल २७ र श्रिकर भरतले १७ रन बनाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट