सुशासन अभियानमा कर्मचारीको साथ चाहिन्छ : प्रधानमन्त्री दाहाल-Sutra News

सुशासन अभियानमा कर्मचारीको साथ चाहिन्छ : प्रधानमन्त्री दाहाल

शनिबार, २० माघ २०८०

शनिबार, २० माघ २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले थालेको सुशासनको अभियानलाई पूर्णता दिन कर्मचारीको साथ हुनु पर्ने बताएका छन् ।



नेपाल राष्ट्रिय कर्मचारी संकठनको १६ औँ स्थापना दिवसको अवसरमा आयोजित प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री दाहालले सुशासन कायम गर्ने सन्दर्भमा कर्मचारी वर्गको योगदान धेरै महत्वपूर्ण रहेको बताए ।

सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानलाई दृढताका साथ अघि बढाएको उल्लेख गर्दै प्रधानमन्त्रीले आगामी दिनमा सरकारलाई कर्मचारी क्षेत्रको अझ सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

उनले सुशासन कायम गर्न तथा कर्मचारी तन्त्रभित्र देखा परेका समस्या समाधान गर्न कर्मचारी संगठनबाट सहयोगको अपेक्षा गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट