‘दयारानी’- आफ्नै साथीभाइ र इष्टमित्रको कथा हो ?-Sutra News

‘दयारानी’- आफ्नै साथीभाइ र इष्टमित्रको कथा हो ?

शनिबार, २० माघ २०८०

शनिबार, २० माघ २०८०

काठमाडौं । माओत्से गुरुङ निर्देशित फिल्म ‘दयारानी’ माघ २६ गते सार्वजनिक प्रदर्शनमा आउँदै छ । सातभन्दा बढी गुरुङ फिल्म निर्देशन गरेका माओत्सेले यो फिल्मबाट नेपाली भाषाको फिल्ममा डेब्यु गरेका हुन् ।



फिल्मको केही समयअघि सार्वजनिक भएको टिजर र ट्रेलरबाट मिलेको प्रतिक्रियाले निर्देशक गुरुङ निकै उत्साहित देखिन्छन् । करिब पाँच वर्षअघि छायांकन गरिएको फिल्म कोभिड-१९ का कारण प्रदर्शन हुन सकेको थिएन । तर, ढिला भए पनि पर्दामा हेर्दा यो सदाबहार कथा सावित हुने गुरुङको भनाइ छ ।

उनका अनुसार फिल्मको कथा हाम्रो समाजको कथा हाम्रै समाजभित्रकै रहेको बताउँछन् । यो कथा आफ्नै साथीभाइ, इष्टमित्रबीच घटेको देखेपछि आम दर्शकका लागि रुचीकर हुन सक्छ भनेर यसलाई फिल्मको रुपमा उतारेको बताए ।

माओत्सेको विचारमा सबै कथा बुलन्द हुन्छन् । तर, त्यसलाई मन पराइने वा मन नपराइने कुरा वाचकको शैलीमा भर पर्ने उनको तर्क छ ।

अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनको जोडी कसेर माओत्सेले समाजको कथालाई दर्शकमाझ पस्किएका छन् । निःसन्तान दम्पतीको कथा उठाएको यो फिल्मको शीर्ष भूमिकामा दयाहाङ र दीया छन् । जसमा उनीहरूले श्रीमान-श्रीमतीको चरित्र निर्वाह गरेका छन् ।

‘दयारानी’को कथा समाजमा पुरुष अंहकारमाथि गम्भीर छेडखानीसँगै प्रश्न खडा गर्न खोजिएको छ । हाम्रो समाजमा महिलामाथि पितृसत्ता अझै हाबी छ भन्ने तथ्य पनि फिल्मले उजागर गर्ने उनको जिकीर छ ।

निर्देशक गुरुङ भन्छन्, ‘यो फिल्मले समाजमा रहेको प्रस्तुत गर्छ । यसमा सबै पुरुष होइन हाम्रा समाजमा केही पुरुष त्यस्ता छन् जो आफ्ना कमीकमजोरीहरुको दोष पनि अरुमाथि तेर्साउछ, आफू कमजोर छु भन्ने कुरालाई आत्मसाथ गर्ननसक्ने पुरुषको मनोवृत्ति प्रस्तुत गर्छ ।’

साथै, ‘यो फिल्मले पुरुषको यही अंहकारले एउटी महिलाले त्यसको दबाब कुन रुपमा झेल्नु पर्छ आफ्ना खुशीसमेत बाँड्नु पर्छ भन्ने सन्देश छ ।’

फिल्ममा दयाहाङ र दीयाका अलवा विजय बराल, प्रमिस गुरुङ, श्रीषा कुँवर लगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट