प्रधानमन्त्री कप क्रिकेट : आर्मीलाई हराउँदै पुलिस बन्यो च्याम्पियन-Sutra News

प्रधानमन्त्री कप क्रिकेट : आर्मीलाई हराउँदै पुलिस बन्यो च्याम्पियन

शनिबार, २० माघ २०८०

शनिबार, २० माघ २०८०

काठमाडौं । नेपाल पुलिस क्लब प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको क्लब च्याम्पियन बनेको छ । फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै पुलिस क्लब च्याम्पियन बनेको हो ।



कीर्तिपुरको मैदानमा सम्पन्न खेलमा पुलिस क्लब ६ विकेटले विजयी भएको हो । आर्मीले दिएको १८२ रनको लक्ष्य पुलिस क्लबले ३७.५ ओभरमा मात्र ४ विकेट गुमाएर विजयी भएको हो ।

पुलिसका लागि शंकर रानाले विस्फोटक ब्याटिङ गर्दै ४३ बलमा सर्वाधिक ६२ रन बनाए । उनले ५ चौका र ४ छक्का हाने । अर्जुन साउदले ३६ रन, अमित श्रेष्ठले २८ रन तथा आरिफ शेखले २७ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको आर्मीले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै १८१ रन बनायो । आर्मीका लागि विवेक यादवले सर्वाधिक ६३ रन बनाए । उनले ७ चौका र १ छक्का हाने ।

आर्मीका लागि ओपनर इमरान शेखले २८ तथा कुशल मल्लले १७ रन बनाउन बाहेक अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाएनन् । नेपाल पुलिसका लागि ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले ३–३ विकेट लिए । सागर ढकाल, करण केसी र कुशल भुर्तेलले एक–एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट