पुनम पाण्डेले माफी माग्दै भनिन्- मैले मेरो मृत्युको खबर फैलाएँ-Sutra News

पुनम पाण्डेले माफी माग्दै भनिन्- मैले मेरो मृत्युको खबर फैलाएँ

शनिबार, २० माघ २०८०

शनिबार, २० माघ २०८०

काठमाडौं । पाठेघरको मुखको क्यान्सरबाट मृत्यु भएको भनिएको भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डे जीवितै रहेकी छन् ।



पाण्डेकै इन्स्टाग्राम एकाउण्टमार्फत शुक्रबार पाठेघरको मुखको क्यान्सरबाट मृत्युको समाचार सार्वजनिक भएको थियो । भारतीय सञ्चार माध्यमका अनुसार उनका म्यानेजरले समेत पाण्डेको ३२ वर्षको उमेरमा निधन भएको जानकारी दिएका थिए ।

शनिबार इन्स्टाग्राममा भिडिओ पोष्ट गर्दै पुनमले ‘आफू जीवितै रहेको’ अभिव्यक्ति दिएकी हुन् । माफी माग्दै पुनमले भनेकी छन्, ‘हो, मैले मेरो मृत्युको झुठो खबर फैलाएँ, तर मैले सर्भिकल क्यान्सरबारे सचेतना फैलाउनलाई गरेकी थिएँ ।’

मृत्युको खबर सार्वजनिक भएपछि सबैले पाठेघरको मुखको क्यान्सरबारे कुरा गरिरहेको उनको भनाइ थियो । उनले भनेकी छन्, ‘यो यस्तो रोग हो, यसले थाहै नपाइ तपाईंको ज्यान लिन्छ, यो रोगबारे धेरै चर्चा हुनु जरुरी छ ।’

पाण्डेको मृत्युको खबरमा कलाकार कंगना रनावत र अनुपम खेरले समेत सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरेका थिए । पाण्डेले सन् २०१३ मा फिल्म ‘नशा’बाट बलिउडमा डेब्यू गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट