पेरिसमा छुरा प्रहार हुँदा तीन जना घाइते-Sutra News

पेरिसमा छुरा प्रहार हुँदा तीन जना घाइते

शनिबार, २० माघ २०८०

शनिबार, २० माघ २०८०

काठमाडौं । फ्रान्सको दक्षिणपूर्वी पेरिसमा रहेको गारे डे लियोन रेलवे स्टेशनमा शनिबार छुरा प्रहार हुँदा तीन जना घाइते भएका छन् ।



घटना बिहान ८ बजे भएको थियो । पीडितमध्ये दुई जना सामान्य घाइते भएका छन् भने अर्का गम्भीर घाइते छन् ।

यद्यपि, कसैको ज्यान जोखिममा नरहेको प्रहरी स्रोतलाई उद्धृत गर्दै सञ्चार माध्यममा जनाइएको छ । घटनाबारे अनुसन्धान जारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट