आजको राशिफल : तपाईंको दिन कस्तो ?-Sutra News

आजको राशिफल : तपाईंको दिन कस्तो ?

आइतबार, २१ माघ २०८०

आइतबार, २१ माघ २०८०

आज मिति २०८० साल माघ २१ गते आइतबार । तदनुसार फ्रेबुअरी महिनाको ४ तारिख २०२४ । माघ कृष्ण पक्ष नवमी तिथि । बिहान ६ बजेर ४९ मिनेट जाँदा झुल्किएको घाम साँझ ५ बजेर ४६ मिनेटमा अस्ताउने छ ।



मेष

काम मुस्किलले सम्पादन हुने छन् । आफ्ना काममा अरूको मुख ताक्ने बानीले पनि पछि परिने छ । कामको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्ने छ ।

वृष

आर्जित द्रव्य अरूलाई दिने नभई भित्र्याउने समय छ । दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ । पुरानो सम्झौता नवीकरण हुनाले पछिसम्म फाइदा हुनेछ ।

मिथुन

मिहिनेतले प्रतिद्वन्द्वीहरूलाई हराउन सकिने छ । कर्मको उचित प्रतिफल पाइने छ । पुरुषार्थी कामले समाजमा स्थापित बनाउने छ । नयाँ काममा जग बसाउने मौका छ ।

कर्कट

अरूले फाइदा उठाउने चेष्टा गर्ने छन् । तापनि सम्पादित कामबाट केही धन लाभ हुनेछ । मिहिनेतले आम्दानी बढ्ने छ । तर, विवादास्पद जिम्मेवारी वहन गर्नु पर्ने परिस्थिति आउन सक्छ ।

सिंह

मिहिनेत गर्दा पछिका लागि काम गर्न सकिने छ । स्वास्थ्यका लागि खानपानमा सजग रहनु होला । सानातिना समस्यामै अल्झनु पर्नेछ । अरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्ने छन् ।

कन्या

टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ । अवसरको खोजीमा केही दौडधुप भने गर्नु पर्ला । चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिने छ ।

तुला

रुचिका विषयमा लगानी बढाउने समय छ । व्यापारमा थोरै लगानीबाट पनि लाभ आर्जन हुनेछ । नयाँ कामतर्फ अग्रसर भइने छ र छोटो समयमै काम बनाउन सकिने छ ।

वृश्चिक

कामको सन्दर्भमा पदासीन व्यक्तिहरूसँग वादविवाद हुन सक्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नु होला । व्यवसायमा लाभ लिन केही समय लाग्न सक्छ ।

धनु

टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्ने छ । भाग्यले विभिन्न अवसर थमाउने छ । उपलब्धिको स्रोत पहिल्याउन सकिने छ । अरूको काममा जुट्नु परे पनि फाइदा आफैंलाई हुने छ ।

मकर

शरीरमा कमजोरी अनुभूति हुनेछ । स्वास्थ्यका लागि आहार–विहारमा सजग हुनु होला । गोपनीयता बाहिरिनाले केही समस्या देखा पर्ने छन् । तापनि नियमित काम सम्पादन हुनेछ ।

कुम्भ

आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुने छन् । व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ । आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन् । नतिजा सच्याउन काम दोहोर्याउनु पर्ला ।

मीन

काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुने छन् । यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनु होला । काम बिग्रने भयले पनि सताउने छ । पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट