काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४ अंकको वृद्धि भएको छ । नेप्से कारोबार सकिनुभन्दा १० मिनेटअघि १४ अंकको वृद्धि आएको हो ।
आज दुई अर्ब ४३ करोड ८० लाख रुपैयाँ बराबरको ७४ लाख ९१ हजार कित्ता शेयर किनबेच भएको छ । कारोबारमध्ये १४८ वटा कम्पनीको शेयर मूल्य बढ्दा ८६ वटा कम्पनीको मूल्य घटेको थियो । १३ वटा कम्पनीको मूल्य स्थिर छ ।
नेपाल टेलिकमको २० औँ वार्षिक अवसर हुँदा सर्किट लागेको छ । यस्तै, पिपल्स पावर लिमिटेडको पनि १० प्रतिशतले बढ्दै सर्किट लागेको छ । यसबाहेक समाज लघुवित्त वित्तीय संस्था र जोशी हाइड्रोपावार डेभलपमेन्ट कम्पनीको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
यस्तै, ४ वटा कम्पनीको सूचक घटेको छ । कारोबारमध्ये होटल र टुरिजम, उत्पादनमूलक, म्युचुअल फण्ड र निर्जीवन बीमा कम्पनीको सूचक घटेको हो ।