आज तपाईको दिन कस्तो ? हेर्नुहोस राशिफल-Sutra News

आज तपाईको दिन कस्तो ? हेर्नुहोस राशिफल

मंगलबार, २३ माघ २०८०

मंगलबार, २३ माघ २०८०

आज मिति २०८० साल माघ २३ गते मंगलबार । तदनुसार फ्रेवुअरी ६ तारिख २०२४ । माघ कृष्ण पक्ष एकादशी तिथि । बिहान ६ बजेर ४७ मिनेट जाँदा उपत्यकामा झुल्किएको घाम साँझ ५ बजेर ४८ मिनेटमा अस्ताउने छ ।



मेष

विवादबाट जोगिँदै समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। बाहिरी स्रोत जुट्नाले दिन उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष गर्नेहरूले हार खानेछन्। मिहिनेतले उपलब्धि दिलाउनेछ।

वृष

सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू पछि पर्नेछन्। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ।

मिथुन

प्रयत्न गर्दा साथीभाइसँगको असमझदारी सम्झौतामा टुंगिनेछ। कृषि तथा पशुपालनबाट सामान्य फाइदा मिल्नेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम समेत बन्न सक्छ।

कर्कट

विभिन्न अवसरले सफलताको यश पनि दिलाउन सक्छ। भौतिक साधन जुट्नाले दिगो योजना अघि बढ्नेछ। कामले प्रतिष्ठा दिलाउनेछ। नियमित काम बने पनि आफ्नै सहयोगीहरू काममा बाधक बन्न सक्छन्।

सिंह

बुद्धिको उपयोग तथा सावधानीले समस्याबाट बच्न सकिनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। अध्ययनमा प्रगति हुनेछ र ज्ञानलाई निखार्न सकिनेछ। नीति–नियमलाई समयमै ध्यान दिनुहोला।

कन्या

अरूको भरले मात्र सफलता प्राप्त नहुन सक्छ। केही सहयोगीहरू पनि भेटिनेछन्। तर धेरै फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउन सक्छ। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ।

तुला

फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। वैदेशिक रोजगारीमा हुनेहरूलाई फाइदा हुनेछ। खर्चिलो काम गर्नुपर्ने हुँदा धेरै रकम जुटाउनुपर्ला।

वृश्चिक

श्रमको उचित मूल्यांकन हुनेछ भने उठ्नुपर्ने रकम तत्काल हातलागी हुनेछ। सहयोगीहरूको साथले चिताएका काम सम्पादन हुनेछन्। प्रतीक्षित नतिजाले जीवनशैलीमा परिवर्तन आउनेछ।

धनु

अवसरवादीहरूले आफ्ना कमजोरीको प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तत्काल फाइदा नहुने काममा अलमल हुनेछ। तापनि पछिका लागि पूर्वाधार तयार गर्न सकिनेछ।

मकर

श्रम गरीकन उचित मूल्य प्राप्त नहुन सक्छ। सहयोगी जुटाउन नसकिएला। अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने समय छ। अवसरका लागि केही त्याग गर्नुपर्ला।

कुम्भ

बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। नसोचेको अवसरले जिम्मेवारी दिलाउन सक्छ। टाढिएका साथीभाइ नजिकिनेछन् भने मित्रता नै दिगो लाभको संवाहक बन्न सक्छ।

मीन

हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ। नियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ। अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट