पहिलो पटक ‘रुमानी रङ्ग’ मार्फत स्क्रीन सेयर गर्दै साम्राज्ञी र आर्यन-Sutra News

पहिलो पटक ‘रुमानी रङ्ग’ मार्फत स्क्रीन सेयर गर्दै साम्राज्ञी र आर्यन

मंगलबार, २३ माघ २०८०

मंगलबार, २३ माघ २०८०

काठमाडौं । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक आर्यन अधिकारीलाई जोडी बनाएर फिल्म ‘रुमानी रङ्ग’ बन्ने भएको छ ।



हरि मल्ल ठकुरी र जिएम ठकुरीले मिलेर निर्माण गर्न लागेको यो फिल्मकालागि साम्राज्ञी र आर्यनसँग निर्माण पक्षले केही दिन अघि कागजी सम्झौता गरेसँगै निर्माणको घोषणा गरिएको हो ।

‘रुमानी रङ्ग’ साम्राज्ञी र आर्यनका लागि पहिलो सहकार्य हुने भएको छ । यो फिल्मलाई अनिल योञ्जनले निर्देशन गर्दैछन् । ‘डायरी’ निर्देशन गरेका योञ्जनले करिब ७ वर्षपछि फिल्म यसैबाट कमब्याक गर्ने भएका छन् ।

यस फिल्ममा निर्माता ठकुरी स्वयंको कथा र निर्देशक योञ्जनको पटकथा तथा संवाद छ ।

ग्लोबल मिडिया रिसर्च सेन्टर प्रालिको ब्यानरमा तयार हुन लागेको फिल्मको निर्माणमा आविष्कार बहुसन्चार प्रा.लिले सहकार्य गरेको छ ।
हरि र जिएमले ‘रुमानी रङ्ग’ अघि फिल्म ‘लाखे’ निर्माण गरेका थिए । यस फिल्ममा सुशिल थापा, श्रृजना बस्नेत, सन्तोष सरु र विजय अधिकारी सह–निर्माताको रुपमा छन् ।

लभस्टोरी कथावस्तुमा बन्न लागेको फिल्मको सम्पूर्ण छायांकन अष्ट्रेलियामा हुनेछ । फिल्ममा महेश पौडेलको छायांकन रहने भएको छ ।
फिल्मबारे ठकुरी भन्छन्, ‘‘रुमानी’को शाब्दिक अर्थ सुन्दर र मनमोहक हुन्छ । यो शब्दले खासमा महिलालाई प्रतिनिधित्व गर्छ । फिल्म लभस्टोरी भए पनि चलिरहेको धारभन्दा अलि फरक छ । प्रेमकथामा पनि संवेदनशील विषय उठाउँदैछौं ।’

यस्तै, फिल्मको अर्को एक नायीकामा अष्ट्रेलियाकै अभिनेत्री पनि हुने बताइएको छ । यस विषयमा निर्माण पक्षले वृस्तीत जानकारी पत्रकार सम्मेलन गरेर बताउने तयारी गरेको छ ।

यता, साम्राज्ञीको पछिल्लो पटक ‘ह्यारीकी प्यारी‘ र ‘नांङ्गो गाउँ’ रिलिज भएको थियो भने ‘लन्डन टु पेरिस‘ छिट्टै रिलिज हुने तयारीमा रहेको छ । आर्यनको पछिल्लो पटक फिल्म ‘लाखे’ रिलिज भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट