लामो समयसम्म बस्नु पनि घातक, यस्ता राेगकाे हुन्छ जाेखिम-Sutra News

लामो समयसम्म बस्नु पनि घातक, यस्ता राेगकाे हुन्छ जाेखिम

मंगलबार, २३ माघ २०८०

मंगलबार, २३ माघ २०८०

लामो समयसम्म बस्दा मोटोपना र मुटुसम्बन्धी रोगको जोखिम बढ्छ । यति मात्र होइन यसले क्यान्सरजस्ता खतरनाक रोग निम्त्याउन सक्छ ।



मानिसहरूलाई घण्टौंसम्म बस्नु सामान्य भइसकेको छ । अफिसमा काम गर्ने होस्, टिभी हेर्ने होस् वा सामाजिक सञ्जालमा समय बिताउन होस्, लामो समयसम्म बस्नु हाम्रो जीवनशैलीको विशेष अंग बनेको छ ।

तर, लामो समयसम्म बस्दा शरीरमा विभिन्न प्रकारका राेगहरू जन्मिने खतरा बढ्छ । यो बानीले रक्त प्रवाहलाई असर गर्छ र शरीरमा इन्सुलिनको स्तर बढाउँछ, यी सबैले क्यान्सरको जोखिम बढाउने विज्ञहरूकाे तर्क छ ।

लामो समयसम्म एकै ठाउँमा बस्दा केही प्रकारक क्यान्सर हुने सम्भावना रहेकाे विज्ञहरूकाे भनाइ छ । विज्ञहरूका अनुसार ८ घण्टाभन्दा बढी हिँलडुल नगरी बस्ने व्यक्तिलाई फोक्सो, पाठेघर र पेटको क्यान्सर हुने सम्भावना बढी हुन्छ।

त्यसकारण क्यासरकाे जाेखिम हटाउन शरीरलाई सक्रिय बनाइरहनुपर्दछ । यति मात्र होइन, नियमित रूपमा केही व्यायाम वा योग पनि गर्नुपर्छ । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट