काठमाडौं । भारतको दक्षिणी राज्य कर्नाटकमा मङ्की फिवरका कारण दुई जनाको मृत्यु भएको सञ्चार माध्यमले जनाएको छ ।
मृत्यु हुनेमा १८ वर्षीया युवती र ७९ वर्षीय पुरुष रहेका छन् । हाल राज्यमा जम्मा ४९ जनामा सो संक्रमण देखिएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।
यो एक प्रकारको भाइरल हेमोरेजिक रोग हो । जुन सन् १९५७ मा भारतको पश्चिमी घाटको क्यासनुर जंगलमा पहिलो पटक पहिचान भएको थियो ।