नेप्से परिसूचक सामान्य अंकले वृद्धि-Sutra News

नेप्से परिसूचक सामान्य अंकले वृद्धि

मंगलबार, २३ माघ २०८०

मंगलबार, २३ माघ २०८०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले सुधार देखिएको छ । नेप्से परिसूचक नौ दशमलव ४४ अंकले बढेर दुई हजार ८५ दशमलव ७१ बिन्दुमा कायम भएको छ ।



आज ३१५ कम्पनीको ७६ लाख २४ हजार ३७६ कित्ता शेयर ६६ हजार ५५९ पटक खरिद बिक्री हुँदा दुई अर्ब ५९ करोड १५ लाख ३४ हजार ९०७ बराबरको कारोबार भएको छ ।

व्यापार समूहको उपसूचक शून्य दशमलव ५४ र अन्य समूहको उपसूचक शून्य दशमलव ५५ प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचकमा एक दशमलव ०७ प्रतिशतको वृद्धि देखिएको छ ।

समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव नौ प्रतिशतले बढेको छ । सामलिङ पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ३३ करोड ७६ लाख दुई हजार ४७० बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–२ को पाँच लाख तीन हजार नौ सय कित्ता शेयर खरिद बिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट