पटाका कारखानामा विष्फोट हुँदा ११ जनाको मृत्यु, थप विवरण आउन बाँकी-Sutra News

पटाका कारखानामा विष्फोट हुँदा ११ जनाको मृत्यु, थप विवरण आउन बाँकी

मंगलबार, २३ माघ २०८०

मंगलबार, २३ माघ २०८०

काठमाडौं । भारतको मध्य प्रदेशको हरदा जिल्लाको मगरधा रोडको पटाका कारखानामा विष्फोट हुँदा भीषण आगलागी भएको छ । कारखानामा पटाकाका लागि बारूद राखिएकाले आगलागी फैलिएर केही समयमै आगोले ठूलो रुप लिएको बताइएको छ ।



दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । सयभन्दा बढी घाइते भएका छन् । कारखाना वरपरको सडकमा केही शव फेला परेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

प्रशासनले २५ भन्दा बढी घाइतेलाई हरदा जिल्ला अस्पतालमा भर्ना गरिएको जनाएको छ । उद्धार कार्यमा सेनाको सहयोग लिइएको छ । मानिसहरूलाई हेलिकप्टरबाट उद्धार गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट