विवादकै बीच संघीय संसदको महासचिवमा पाण्डेय नियुक्त-Sutra News

विवादकै बीच संघीय संसदको महासचिवमा पाण्डेय नियुक्त

मंगलबार, २३ माघ २०८०

मंगलबार, २३ माघ २०८०

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको संयुक्त सिफारिसमा संघीय संसद्का पूर्वकार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयलाई संघीय संसद्को महासचिवमा नियुक्त गरेका छन् ।



प्रतिनिधिसभाको सचिव पदबाट मंगलबार राजीनामा दिएसँगै राष्ट्रपतिले सो राजीनामा स्वीकृत गर्दै यसअघिको सिफारिसअनुसार महासचिवमा नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम रिब्दीकोट गाउँपालिका ९१, पाल्पा निवासी पाण्डेयलाई आजैदेखि लागू हुने गरी नियुक्त गरेकाे राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यसअघि सभामुख र राष्ट्रिय सभाका अध्यक्षले संयुक्त सिफारिस गरेपनि राष्ट्रपतिले स्वीकृत नगरी राखेका थिए । उनको नागरिकताको विषयमा विवाद भएपछि हाेल्ड गरिएकाे राष्ट्रपति कार्यालयले बताउँदै आएको थियाे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट