आज तपाईं दिन कस्तो ? हेर्नुहास् राशिफल-Sutra News

आज तपाईं दिन कस्तो ? हेर्नुहास् राशिफल

बुधबार, २४ माघ २०८०

बुधबार, २४ माघ २०८०

आज मिति २०८० साल माघ २४ गते बुधबार । तदनुसार फ्रेवुअरी ७ तारिख २०२४ । माघ कृष्ण पक्ष द्वदशी तिथि । बिहान ६ बजेर ४७ मिनेट जाँदा झुल्किएको घाम साँझ ५ बजेर ४८ मिनेटमा अस्ताउने छ ।



मेष

वादविवादमा अलमलिनुपर्दा काममा बाधा पुग्नेछ। ईर्ष्यालु प्रवृत्ति भएकाहरूले सताउन सक्छन्। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्।

वृष

सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान९सम्मान प्राप्त हुनेछ। व्यापार बढ्नाले मनग्य धन लाभ हुनेछ। चिताएका काम सम्पादन हुनेछन्।

मिथुन

हतारमा गरिएको निर्णयले समस्या निम्त्याउनेछ, सजग रहनुहोला। अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग पनि सावधान रहनुहोला। केही समस्या देखिए पनि आँटेको काम सम्पादन हुने समय छ।

कर्कट

प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। प्रतिस्पर्धामा उत्रनुपरे पनि मिहिनेतले उपलब्धि हातपार्न सकिनेछ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।

सिंह

प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। नहुने काममा बलजफ्ती प्रयत्न गर्दा नयाँखाले समस्या आउन सक्छन्।

कन्या

कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारमा अलमलिनुपर्ला। खानपानको सोखले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। नतिजामा सुधार ल्याउन काम दोहोर्याउनुपर्ला।

तुला

समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्न सक्छ।

वृश्चिक

व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ।

धनु

परिस्थितिवश केही समस्यामा अल्झनुपर्ने देखिन्छ। चिताएको काम अड्किनाले उद्देश्य प्राप्त गर्न समय लाग्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्।

मकर

प्रयत्न गर्दा अवसर पाइनेछ। तर आलस्य गर्ने प्रवृत्तिले काममा पछि परिनेछ। बेसुरमा गरिएका सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रम गर्नुपर्ला।

कुम्भ

समस्याप्रति गम्भीर नबन्दा दुस्ख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। समस्या दर्साउँदा सहयोगी फेला पर्नेछन्।

मीन

यात्रा र भेटघाटमा अलमल हुनेछ। लेनदेनमा कुरा नमिल्दा व्यापार व्यवसायमा सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन समय पर्खनुहोला।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट