काठमाडौं । नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । बुधबार सुनको मूल्य ६०० रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य एक लाख १८ हजार ६०० रुपैयाँ तोकिएको छ । मंगलबार एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, तेजावी सुन प्रतितोला एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार ३७५ रुपैयाँ तोकिएको छ । चाँदी मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।