गगन थापाले भने- जग्गा हडप्ने र सहकारी ठग्नेमाथि कारबाही गर्नु पर्छ-Sutra News

गगन थापाले भने- जग्गा हडप्ने र सहकारी ठग्नेमाथि कारबाही गर्नु पर्छ

बुधबार, २४ माघ २०८०

बुधबार, २४ माघ २०८०

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जग्गा हडप्ने, नागरिकता कीर्ते गर्ने र सहकारी ठग्नेमाथि कारबाही गर्नु पर्ने बताएका छन् ।



प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सम्बोधन गर्दै सांसदसमेत रहेका थापाले जग्गा हडप्ने, नागरिकता कीर्ते गर्ने र सहकारी ठगी गर्ने प्रकरणमा संलग्न जतिसुकै शक्तिशाली भए पनि कानूनी दायरामा ल्याउनु पर्ने बताए ।

बाँसबारी जग्गा प्रकरणलाई लक्षित गर्दै उनले भने, ‘जो सुकै होस्, जति शक्तिशाली होस्, राजनीतिक होस् कि आर्थिक शक्ति होस्, नेपालको सार्वजनिक जग्गा कसैले हडप्छ भने सजाय पाउनु पर्दैन ?’

यस्तै, नागरिकता कीर्ते प्रकरणमा मुछिए पनि संसदको महासचिवमा नियुक्त भएका पद्मप्रसाद पाण्डेयले माफी पाउन नहुने महामन्त्री थापाको भनाइ थियो ।

महामन्त्री थापाले प्रश्न गरे, ‘जति सुकै शक्तिशाली होस्, जुनसुकै पदमा बसेको हो, हातमा ताकत होस्, कलम होस्, नागरिकता बनाउनलाई कीर्ते गर्छ भने फलानो दलसँग जोडिएको छ, त्यस कारणले गर्दा उसको कीर्ते माफी हुन्छ चल्छ ?’

सहकारी ठगीको धन्दाको मतियारलाई पनि कानूनी कारबाहीमा ल्याउनु पर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट