नागरिकता कीर्तेदेखि सरकारी जग्गा कब्जा गर्नेलाई संरक्षण मिलेको छ : रवि लामिछाने-Sutra News

नागरिकता कीर्तेदेखि सरकारी जग्गा कब्जा गर्नेलाई संरक्षण मिलेको छ : रवि लामिछाने

बुधबार, २४ माघ २०८०

बुधबार, २४ माघ २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राज्यको सम्पती दोहन गर्नेलाई राजनीतिक संरक्षण मिलेको दाबी गरेका छन् ।



बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले नागरिकता कीर्ते, सरकारी जग्गा कब्जा, भ्रष्टाचार गर्नेहरुलाई राजनीतिक संरक्षण मिलेको र कारबाही हुन नसकेको बताए ।

लामिछानेले आफ्नो पार्टीले अनियमिता गर्नेलाई ७२ घण्टाभित्र कारबाही गरेको भन्दै आफ्नो दलमा रहेका दोहनकारीलाई कारबाही गर्न कसले रोक्यो ? भन्दै प्रश्न गरेका थिए । उनले अधिकार निकाय प्राप्त संस्थाले बयानका लागि नबोलाउने नेताका दलहरूले सदनबाट सुशासन र छेडखानीको कुरा गर्न नसुहाउने धारणा राखेका थिए ।

सदनलाई उत्तरदायिका साथ प्रभावकारी बनाउन रास्वपाले प्रभावकारी भूमिका निर्वाह गर्न भन्दै उनले संसदले क्यालेण्डर बनाएको प्रति आभार व्यक्त गरेका थिए । उनले सहकारी क्षेत्रमा देखिएको विकृति अन्त्यका साथै समस्या समाधानको प्रतिवेदन रास्वापाले तयार रहेको र आवश्यक परे सरकारले रास्वपाको सहयोग लिन सक्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट